सी डिभिजन छनौट : जनजागृतिको दोस्रो जित

काठमाडौं (खेलदैनिक) । सिद्धबाबा नव जनजागृति युवा क्लबले जारी शहिद स्मारक सी डिभिजन लिग छनौटमा दोस्रो जित दर्ता गरेको छ । नव जनजागृतिले बिहीबार भएको खेलमा नुवाकोट युनाइटेडलाई ४–१ ले हरायो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नव जनजागृतिका लागि ३९औं मिनटमा सुनिल राउतले पहिलो गोल गरे । लगतै ४२औं मिनटमा कृपाकान्त महतोले त्यो अग्रता दोब्बर पारे ।

खेलमा एकपक्षीय जित निकालेको नव जनजागृतिका लागि ८०औं मिनटमा रबीराज पौडेलले तेस्रो गोल गर्दा लिला खत्रीले ८३औं मिनटमा चौथो गोल गर्दै टोलीको जित पक्का गरेका थिए । उता पराजित नुवाकोटका लागि रविराज पौडेलले नै आत्मघाती गोलका रुपमा एक मात्र सान्त्वना गोल गरेका थिए ।

त्यस्तै बिहीबार नै ललितपुर स्थित बुद्धि बिकास खेलमण्डलमा भएको अर्को खेलमा टेमल एफसीले मनमैजुलाई ४–० ले हरायो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा विभिन्न जिल्लाका कुल ३८ क्लबहरुको सहागिता रहेको छ । छनौट प्रतियोगिताको शिर्ष तीन टोलीहरु सी डिभिजनका लागि छनौट हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...