मेयर गोल्डकप असार पहिलो साता, विजेतालाई दुई लाख (खेलतालिकासहित)

सिरहा (खेलदैनिक) । सिरहा नगरपालिकाको सहयोग र जिल्ला फुटबल संघ सिरहाको आयोजनामा यहि असार ५ गतेदेखि प्रथम मेयर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

सिरहा क्याम्पसको खेलमैदानमा हुने प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा असार ५ गतेका दिन मुनाल क्लब, झापा र भरतपुर एफसी, चितवन भिड्ने छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सेमिफाइनल खेलहरु असार ९ र १० गते हुनेछन् भने फाइनल खेल १२ गते हुनृेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...