नुवाकोट गोल्डकप : संकटा फाइनलमा, उपाधिका लागि आयोजकसँग भिड्ने

नुवाकोट (खेलदैनिक) । सिएमजी संकटा क्लब जारी दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा संकटाले च्यासल युथ क्लबलाई सडन डेथमा हराउँदै फाइनल स्थान पक्का गरेको हो ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा भएको खेलमा निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । च्यासलका लागि मिलन राईले गोल गरेका थिए भने संकटाका लागि कोने बोरीसले गोल गरेका थिए ।

पेनाल्टी शुटआउटमा निर्णायक बचाउ गरेको संकटाका गोलरक्षक राजा बाबु थापा खेलको म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे । संकटाले अब फाइनलमा शुक्रबार आयोजक नुवाकोट–११ को सामना गर्नेछ ।

नुवाकोट जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ छ भने उपविजेताले ३ लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...