यु–१८ च्याम्पियनसिप : एनआरटीको शानदार शुरुवात

काठमाडौं (खेलदैनिक) । बुधबारदेखि शुरु ललित स्मृति यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा न्युरोड टिम (एनआरटी) ले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्स्मा सम्पन्न उद्घाटन खेलमा एनआरटीले च्यासल युथ क्लबलाई ४–१ ले हरायो ।

खेलको शुरुवाती मिनटमै रेजन माझीले एनआरटीका लागि पहिलो गोल गरे । तर पहिलो हाफकै ४४औं मिनटमाम श्रेब लो तामाङले च्यासलका लागि बराबरी गोल फर्काएका थिए । दोस्रो हाफमा थप आक्रमक बनेको एनआरटीका लागि ५४औं मिनटमा कृतिश रत्न चुन्जुले दोस्रो गोल गरे ।

एकतर्फी जित हात पारेको एनआरटीका लागि ८१औं मिनटमा सुजन शर्माले पेनाल्टीबाट तेस्रो गोल गरे भने लगतै ८७औं मिनटमा बिबेक राईले चौथो गोल गर्दै एनआरटीको शानदार जित सुनिश्चित गरेका थिए ।

पूर्व उपाध्यक्ष स्व. ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु प्रतियोगितामा १४ ए डिभिजन क्लबहरुले सहभागिता जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...