विश्वकप छनौट : दोस्रो चरणको ड्र अर्को महिना

काठमाडौं (खेलदैनिक) । कतारमा हुन गईरहेको सन् २०२२ को फिफा विश्वकप छनौटतर्फ दोस्रो चरणको छनौट खेलको ड्र आउँदो जुलाई ११ तारीखका दिन कतारको दोहामा निकालिंदैछ ।

फिफा वरियतामा राम्रो स्थान हासिल गरेको भन्दै नेपाल यसपटक फिफा विश्वकप छनौटका लागि सोझै दोस्रो चरणमा भिड्दैछ । छनौटमा सहभागिता जनाउने ४० टोलीहरुलाई पाँच पोटमा विभाजित गरिएको छ र नेपाल पाँचौ पोटमा छ ।

यस अर्थमा पनि नेपालले दोस्रो चरणको छनौटमा एसियाका बलिया टोलीहरु विरुद्ध खेल्ने निश्चित छ । त्यसैले गर्दा पनि एन्फाले नेपाली टोलीबाट राम्रो नतिजाको अपेक्षाका लागि अहिलेबाटै राम्रो तयारी गर्नुपर्ने धेरैको बुझाई पनि छ ।

गोलनेपालका अनुसार विश्वकप छनौटको दोस्रो चरणका खेलहरु यहि बर्षको सेप्टेम्बर महिनाबाट शुरु हुँदैछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...