दाङका रेफ्रीलाई गोलनेपालको सहयोग

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलमा बिगत एक दशकदेखि सक्रिय भएर लागिपरेको गोलनेपाल फाउण्डेशनले दाङका फुटबल रेफ्रीहरुलाई सहयोग गर्ने भएको छ ।

फाउण्डेशनले दाङ जिल्ला फुटबल संघको माध्यमबाट ६ जना रेफ्रीहरुका लागि रेफ्री पोशाक उपलब्ध गराउने भएको छ । गोलनेपालका अनुसार फाउण्डेशनलाई त्यो रेफ्री सामग्रीहरु अमेरिकामा रहेर फुटबलमा सक्रिय लाइसेन्स प्राप्त रेफ्री जितु काकाले उपलब्ध गराएका हुन् ।

सोही अवसरमा गोलनेपालका अध्यक्ष बिक्रम थापाले नेपाली फुटबल र गोलनेपाललाई सधै सहयोग गर्ने जितु काकालाई धन्यवाद दिए । साथै फाउण्डेशनले हरेक महिना नेपाली फुटबलका लागि केहि न केही सहयोग गर्दै आएको स्मरण गराउँदै यसपटक आफूहरुले दाङका रेफ्रीहरुलाई सहयोग गरेको समेत बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...