उदयपुर गोल्ड : उद्घाटन खेलमा एपिएफ र न्यु स्टार भिड्ने (खेलतालिकासहित)

गाईघाट (खेलदैनिक) । उदयपुर जिल्ला फुटबल संघको आयोजनामा शुरु हुन गईरहेको छैठौं रमपम उदयपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । यहि जेष्ठ ३२ गतेदेखि थरुहट उदयपुर रंगशालामा हुन गईरहेको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाउँदैछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा जेष्ठ ३२ गते शनिबारका दिन नेपाल एपिएफ, काठमाडौं र न्यु स्टार क्लब, सुनसरी भिड्नेछन् । प्रतियोगिताको सेमिफाइनल खेलहरु असार ४ र ५ गते हुनेछन् भने फाइनल भिडन्त असार ७ गते हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । हेर्नुहोस प्रतियोगिताको पुर्ण खेलतालिका :


प्रतिक्रिया दिनुहोस

Loading...