एन्फाद्वारा विभिन्न फुटबल प्रशिक्षकहरु नियुक्त, सागका लागि हरि र बालगोपाललाई दुई फरक जिम्मेवारी

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको विभिन्न उमेर समूह, प्रदेश र एकेडेमीका लागि प्रशिक्षकहरुको नियुक्ति गरेको छ ।

त्यसमध्ये एन्फाले आउँदै गरेको दक्षिण एसियाली खेलकुद (साग)का लागि पुरुष फुटबल टोलीको प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गरेको छ । त्यस्तै महिला फुटबल टोलीको प्रशिक्षकमा भने हरि खड्का छन् । स्मरणीय छ, नेपालले यहि डिसेम्बरमा दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गर्दैछ ।

यस्तो छ एन्फाले नियुक्त गरेको प्रशिक्षकहरु

साग फुटबल (पुरुष)
मुख्य प्रशिक्षक : बालगोपाल महर्जन
सहायक प्रशिक्षक : राजेश मानन्धर
गोलकिपिङ प्रशिक्षक : मृगेन्द्र मिश्र

साग फुटबल (महिला)
मुख्य प्रशिक्षक : हरि खड्का
सहायक प्रशिक्षक : अरुणा गुरुङ
गोलकिपिङ प्रशिक्षक : अस्मिता खवास

यु–१८ टिम (ब्वाईज)
मुख्य प्रशिक्षक : चेत नारायण श्रेष्ठ
सहायक प्रशिक्षक : सनोज श्रेष्ठ
गोलकिपिङ प्रशिक्षक : चन्नुराम चौधरी

यु–१६ टिम (ब्वाईज)
मुख्य प्रशिक्षक : सुनिल श्रेष्ठ
सहायक प्रशिक्षक : राजकुमार केसी
गोलकिपिङ प्रशिक्षक : बिनोद डंगोल

यु–१५ टिम (गल्र्स)
मुख्य प्रशिक्षक : राकेश श्रेष्ठ
सहायक प्रशिक्षक : भगवती थापा
गोलकिपिङ प्रशिक्षक : मिन बस्नेत

बुटवल एन्फा एकेडेमी
मुख्य प्रशिक्षक : हरि ओम श्रेष्ठ
सहायक प्रशिक्षक : पुकार गहतराज
गोलकिपिङ प्रशिक्षक : दिलीप क्षेत्री

धरान एन्फा एकेडेमी
मुख्य प्रशिक्षक : सुमन श्रेष्ठ

प्रदेश १ : सुमन श्रेष्ठ, प्रदेश २ : प्रकाश अर्याल, प्रदेश ३ : बिनोद लामा, प्रदेश ४ : किरन श्रेष्ठ, प्रदेश ५ : जनक केसी, प्रदेश ७ : दिपेश योन्जन


प्रतिक्रिया दिनुहोस

Loading...