चितवन च्याम्पियनसिप : हर्दीको जितमा समिरको निर्णायक दुई गोल

चितवन (खेलदैनिक) । हर्दी युवा समाज, भण्डारा जारी पाँचौं चितवन च्याम्पियनसिप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा हर्दीले भैरव स्पोर्टस् क्लब, नवलपरासीलाई २–० ले हरायो ।

भरतपुर स्थित प्रहरी तालिम केन्द्रको खेलमैदानमा भएको खेलमा हर्दीका लागि दुवै गोल समिर तामाङले गरे । खेलमा म्यान अफ द भने राजु लामा घोषित भए । प्रतियोगिता अन्तरगत बुधबारको खेल सुन्धारा एफसी, काठमाडौं र रामपुर एफसीबीच हुने आयोजकले जनाएको छ ।

एभरेष्ट क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो असार ७ गते हुने पनि आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...