नुवाकोट गोल्डकप : पुलिसलाई स्तब्ध पार्दै आयोजक फाइनलमा

नुवाकोट (खेलदैनिक) । सनसनीपुर्ण जितका साथ आयोजक नुवाकोट–११ जारी दोस्रो नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा आयोजकले विभागीय टोली नेपाल पुलिस क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा भएको भिडन्तमा नुवाकोटका लागि ४०औं मिनटमा रोमेरोले एक मात्र निर्णायक गोल गरे । खेलमा भिक्टर म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत बुधबारको दोस्रो सेमिफाइनल खेल सिएमजी संकटा क्लब र च्यासल युथ क्लबबीच हुने आयोजकले जनाएको छ । नुवाकोट जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...