सुमिन निर्णायक बन्दा पुर्वेलीलाई बिर्तामोड गोल्डकपको उपाधि

बिर्तामोड (खेलदैनिक) । पुर्वेली युथ एफसी, झापाले मंगलबार सम्पन्न प्रथम बिर्तामोड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा भएको फाइनल भिडन्तमा पुर्वेलीले पञ्चायन एफसी, सुनसरीलाई १–० को झिनो अन्तरले हरायो ।

खेलको २२औं मिनटमा सुमिन मैनालीले पुर्वेलीका लागि निर्णायक गोल गरे । निर्णायक गोलकर्ता मैनाली म्यान अफ द फाइनल म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार प्राप्त गरे । त्यस्तै विजेता बनेको पुर्वेलीले उपाधिसहित नगद १,५१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता पञ्चायनले ७५,१११ रुपैयाँमा चित्त बुझायो ।

रमपम चाउचाउको मुख्य प्रायोजन र रेडस्टार एफसी, झापाको आयोजनामा यहि जेष्ठ २१ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...