चितवन च्याम्पियनसिप : जु एफसीको जितमा जितेशको ह्याट्रिक

एजेन्सी । जु एफसी जुगेडी जारी हनामी पाँचौं चितवन च्याम्पियनसिप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भरतपुर स्थित प्रहरी तालिम केन्द्रको खेलमैदानमा भएको खेलमा जु एफसीले एपिएफ, भण्डारालाई ६–३ को अन्तरले हरायो ।

जु एफसीका लागि जितेश गुरुङले ह्याट्रिक गरे । त्यस्तै बिजय श्रेष्ठले २ गोल गरे भने थप एक गोल सुशिल लामाले गरे । उता पराजित एपिएफका लागि अभिषेक भुजेलले २ गोल गरे भने अमित धिमालले एक गोल गरे । खेलमा ह्याट्रिककर्ता जु एफसीका जितेश गुरुङ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत मंगलबारको खेल हर्दि युवा समाज, भण्डारा र भैरव स्पोर्टस् क्लब, नवलपरासीबीच हुने आयोजकले जनाएको छ । एभरेष्ट क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...