नुवाकोट गोल्डकप : मनाङ पहिलो खेलबाटै नकआउट

नुवाकोट (खेलदैनिक) । नेपाल लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब जारी दोस्रो नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको पहिलो खेलमै पराजित हुँदै बाहिरिएको छ ।

सोमबार भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मनाङले च्यासल युथ क्लबसँग ०–२ को हार बेहोर्यो । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा सम्पन्न खेलमा च्यासलका लागि मिलन राई र सबी गुरुङले गोल गरे ।

खेलमा च्यासलका गोलकर्ता गुरुङ म्यान अफ द म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे । सोमबारको जितसँगै सेमिफाइनलमा पुगेको च्यासलले अब सेमिफाइनलमा बुधबार सिएमजी संकटा क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तरगत मंगलबारको पहिलो सेमिफाइनल खेल आयोजक नुवाकोट–११ र विभागीय टोली नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...