इनरुवा मेयर कप : वार्ड नम्बर ६ लाई उपाधि

सुनसरी (खेलदैनिक) । इनरुवा मेयर कप फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ६ ले जित्न सफल भएको छ । कृत्रिम प्रकाशमा भएको उपाधि भिडन्तमा वार्ड नम्बरले ६ ले वार्ड नम्बर २ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जितेको हो ।

बिजेता बनेको वार्ड नम्बर ६ ले उपाधिसहित नगद ५५ हजार हात पार्यो । विजयी खेलाडीहरुलाई इनरुवा नगरपालिकाका मेयर राजन मेहताले एक कार्यक्रमका बीच पुरस्कृत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...