नारायणगढ एफसी क्वाटरफाइनलमा

चितवन (खेलदैनिक) । नारायणगढ एफसी जारी पाँचौं हनामी चितवन च्याम्पियनसिप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भरतपुर स्थित प्रहरी तालिम केन्द्रमा शनिबार भएको खेलमा नारायणगढले राप्ती रिभर एफसीलाई पेनाल्टी शुटआउटमा ४–२ ले हरायो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा राप्ती रिभरका लागि मिलन रुम्बाले गोल गरे भने नारायणगढका लागि म्यान अफ द म्याच समेत घोषित रुमेश बर्तौलाले गोल गरेका थिए ।

प्रतियोगिता अन्तरगत आइतबारको खेल नारायणी मोटर्स युनिक एफसी र जुनियर पुलिस अफिसर्स कलेजबीच हुने आयोजकले जनाएको छ । एभरेष्ट क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...