पाचौ एसियान आप्रबसी फूटबल प्रतियोगिता २०१७ : शिव श्रेष्ठ र अर्जुन सुब्बाको ह्यट्रिक

पाचौ एसियान आप्रबसी फूटबल प्रतियोगिता २०१७ अन्तर्गत हिजो सम्पन्न पहिलो खेलमा नेपालले जापानलाई सुन्यका विरुद्ध दश गर्दै सहज जित निकाल्न सफल भयो ।
सुरुबाटै आक्रमक खेल खेलेको नेपालले खेलको चौथो मिनेटमा अमिर श्रेष्ठको पासमा जर्सी १० का अर्जुन सुब्बाले पहिलो गोल गर्न सफल भए ।

दोस्रो गोल सुदेश श्रेष्ठ पासमा जेर्सी न. ८ का शिव श्रेष्ठले खेलको पाचौ मिनटमा गोल गरे ।

शिव श्रेष्ठको पासमा सातौं मिनटमा जर्सी १० का अर्जुन सुब्बाले आफ्नो व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको नवै मिनटमा जर्सी ४ का अनिल धिमालले नेपालको लागि चौथो गोल गरे। सोह्रौं मिनेट शिव श्रेष्ठले नै गोल गरेर नेपालकालगि पाचौ गोल गरे ।

२५ औ मिनेटमा जर्सी ९ मा गणेश खड्काले गोलगर्दा मध्यान्तर सम्म नेपालको नतिजा ६ -० पुगेको थियो।

निकैनै राम्रो खेल प्रदशन गरेको नेपाल मध्यान्तर पछी पनि जापानलाई दवाब राख्दै आफनो खेल नियन्त्रणमा राखेको थियो ।

खेलको ३३ औ मिनेटमा जर्सी नो. १० का अर्जुन सुब्बाले गोल गर्दै आफ्नो ह्यट्रिक पुरा गरे, ३४ औ मिनेटमा पनि शिव श्रेष्ठले पनि गोल गर्दै ह्यट्रिक पुरा गर्न सफल भए।

खेलको ३९ मिनेटमा टिम कप्तान अमिर श्रेष्ठ गोल गरे, खेलको ५८ औ मिनेटमा जर्सी न. ९ का गणेश खड्काले गोल गर्दै नेपालको गोल १० – ० पुराएका थिए।

बिभिन्न देशका राजदुतहरु उपस्थितिमा उद्घाघाटन भएको प्रतियोगितामा १२ देशको सहभागिता रहेको थियो, नेपाल दुताबास कतारको प्रतिनिधित्व गर्दै दितिय सचिब हरी प्रसाद अर्यलको उपस्थिती रेहेको थियो।

नेपालीले आफ्नो दोस्रो मार्च ३ मा साझ ८ बजे मलेशियासँग खेल्ने छ।


प्रतिक्रिया दिनुहोस

Loading...