मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई भलुवा गोल्डकपको उपाधि

सुनसरी (खेलदैनिक) । मदन भण्डारी स्पोर्टस एकेडेमी, काठमाडौंले शनिबार सम्पन्न सातौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

फाइनल भिडन्तमा स्पोर्टस एकेडेमीले संयुक्त युवा क्लब, सुनसरीलाई टाइब्रेकरमा ३–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाएको । यसअघि निर्धारित समयको खेल दुवै टोलीले रोमाञ्चक ३–३ गोलको बराबरी खेलेका थिए ।

बिजेता बनेको मदन भण्डारी स्पोर्टस एकेडेमीले उपाधिसति नगद ३ लाख हात पार्यो भने उपविजेता संयुक्तले १ लाख ५० हजारमा चित्त बुझायो ।

गोल्डेन स्टार युथ क्लब, भलुवा सुनसरीको आयोजनामा यहि जेठ १६ गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...