बिर्तामोड गोल्डकप : शक्तिको ह्याट्रिकसँगै आयोजक सेमिफाइनलमा

एजेन्सी । शक्ति राईले ह्याट्रिक गरेपछि आयोजक रेड स्टार एफसी जारी प्रथम बिर्तामोड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार हुने भनिएको अन्तिम क्वाटरफाइनल खेल बर्षा र हावाहुरीले बिथोलिपछि सोही खेल शनिबार बिहान खेलाइएको थियो ।

डोमालाल राजवंशी रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा आयोजक रेड स्टारले त्रिवेणी एफसी, इलामलाई ४–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । खेलमा रेडस्टारका लागि शक्ति राईले ह्याट्रिक गरे भने खामिर गिल्सन कान्दङ्वाले थप एक गोल गरे ।

उता पराजित त्रिवेणीका लागि रबिन मगरले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा निशान लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...