
बिर्तामोड (खेलदैनिक) । प्रथम बिर्तामोड गोल्डकप नकआउट फुटबल प्रतियोगितातर्फ शुक्रबार हुने भनिएको अन्तिम तथा चौथो क्वाटरफाइनल खेल हावाहुरी र बर्षाका कारण स्थगित गरिएको छ ।
बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा आयोजक रेड स्टार एफसी र त्रिवेणी युथ क्लब, इलामबीच हुने भनिएको शुक्रबारको अन्तिम क्वाटरफाइनल खेल सोही मैदानमा शनिबार बिहान ७३० बजे हुने आयोजकले जनाएको छ ।
त्यस्तै आयोजकका अनुसार शनिबार नै प्रतियोगिताको पहिलो सेमिफाइनल खेल पनि हुनेछ । अपरान्ह ४ बजेदेखि शुरु हुने पहिलो सेमिफाइनलमा जलथल एफसी, हल्दीबारी र पुर्वेली युथ एफसी, झापाबीच हुनेछ ।
रेड स्टार एफसी, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले १,५१,००० हात पार्नेछ भने उपविजेताले ७५,१११ रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।