विश्वकप छनौट : भुटान र बंगलादेशको बिजयी शुरुवात

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२२ को एएफसी छनौटतर्फ पहिलो चरणको पहिलो लेगमा दुई दक्षिण एसियाली राष्ट्र भुटान र बंगलादेशले बिजयी शुरुवात गरेको छ ।

https://twitter.com/afcasiancup/status/1136641553407987712

बिहीबार थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा सम्पन्न पहिलो लेगको खेलमा भुटानले गुआमलाई १–० ले हरायो । भुटानको जितमा खेलको ३५औं मिनटमा छिरिङ दोर्जीले एक मात्र निर्णायक गोल गरे । अब दोस्रो लेगको खेल ११ जुनका दिन गुआमको घरेलु मैदानमा हुनेछ ।

त्यस्तै बिहीबार नै भएको अर्को खेलमा पहिलो लेगतर्फ बंगलादेशले लाओसमाथि १–० को जित हात पारेको छ । लाओसको घरेलु मैदानमा भएको सो खेलमा बंगलादेशका लागि खेलको ७१औं मिनटमा रोबिउल हसनले एक मात्र निर्णायक अवे गोल गरे । अब दोस्रो लेगको खेल ११ जुनका दिन ढाका स्थित बंगबन्धु नेशनल स्टेडियममा हुनेछ ।

बिहीबार नै भएका पहिलो लेगका अन्य खेलहरुमा अर्को दक्षिण एसियाली राष्ट्र श्रीलंकाले मकाउसँग ०–१ को हार बेहोरेको छ । त्यसैगरी मंगोलियाले ब्रुनेईमाथि २–० को जित निकाल्यो भने पाकिस्तानले कम्बोडियासँग ०–२ को निराशाजनक हार बेहोर्न बाध्य भयो ।

स्मरणीय छ, यो छनौट प्रतियोगिता सन् २०२३ को एएफसी एसियन कपको पहिलो चरणको छनौट प्रतियोगिता समेत हो ।

https://twitter.com/afcasiancup/status/1136668034339352576

प्रतिक्रिया दिनुहोस

Loading...