धरान
१९ औं बुढासुब्बा गोल्डकपको उपाधिकोलागि संकटा क्लब र नेपाल पुलिस क्लबबीच एन्फा टेक्निकल मैदान, धरानमा आज भिडन्त हुदै छ ।
सेमिफाइनलमा आयोजक धरान फुटबल क्लबलाई ३-१ गोल अन्तरले निराश पार्दै पुलिस फाइनल पुगेको हो भने रुपन्देही ११ लाई २–१ गोल अन्तरले हराउँदै संकटा क्लब फाइनलमा पुगेको हो ।
विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।