बिर्तामोड गोल्डकप : पञ्चायन सेमिफाइनलमा

बिर्तामोड (खेलदैनिक) । उत्कृष्ट जितका साथ पञ्चायन एफसी, सुनसरी जारी प्रथम बिर्तामोड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

डोमालाल राजवंशी रंगशालामा बुधबार भएको खेलमा पञ्चायनले स्वतन्त्र क्लब, पाँचथरलाई ५–२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । खेलमा पञ्चायनका लागि दुई गोल गरेका तिर्थ बस्नेत म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत बिहीबारको तेस्रो क्वाटरफाइनल खेल मुनाल एफसी, चन्द्रगढी र पुर्वेली युथ एफसी, झापाबीच हुने आयोजकले जनाएको छ । रेडस्टार एफसी, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,००० हात पार्नेछ भने उपविजेताले ७५,१११ रुपैयाँ प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...