बिर्तामोड गोल्डकप शुरु, बिजयी शुरुवातका साथ जलथल सेमिफाइनलमा

बिर्तामोड (खेलदैनिक) । मंगलबारदेखि शुरु रमपम पहिलो बिर्तामोड गोल्डकप नकआउट फुटबल प्रतियोगितामा जलथल एफसी, हल्दिबारीले बिजयी शुरुवात गरेको छ ।

बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा जलथलले बिराटनगर एफसी, मोरङलाई टाइब्रेकरमा ४–३ ले हरायो । यो जितसँगै जलथल प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गर्न सफल भयो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । प्रतियोगिता अन्तरगत बुधबारको खेल पञ्चायन एफसी, सुनसरी र स्वतन्त्र क्लब, पाँचथरबीच हुने आयोजकले जनाएको छ ।

रेड स्टार फुटबल क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१००० हात पार्नेछ भने उपविजेताले ७५,१११ रुपैया प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि जेष्ठ २८ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...