मोरङमा विभिन्न खेलकुदको आयोजना हुँदै

  • गोपाल काफ्ले

पथरी (खेलदैनिक) । पूर्वी जिल्ला मोरङको कानेपोखरी गाउँपालिकाले खेलकुद कार्यक्रमको आयोजना गर्ने भएको छ । गाँउपालीकाले गााँउपालिका भित्र रहेका संभावित खेल र खेलाडीको प्रबद्धन गर्ने उद्देश्यले ९ वटा खेलकुद प्रतियोगिता गर्ने भएको हो ।

कानेपोखरी खेलकुद बिकास समितीको आयोजनामा फुटवल, भलिवल, क्रिकेट, ब्याडमिन्टन, एथलेटीक्स, मिनी म्याराथन, बुद्धिचाल, महिला फुटवल र रेफ्री प्रशिक्षण गरि ९ ओटा खेलकुद संचालन गर्ने खेलकुद बिकास समितीका अध्यक्ष भुपाल श्रेष्टले बताए ।

कानेपोखरी खेलकुद विकास समितिको आयोजना तथा मितेरी युवा क्लवले सहयोगमा हुने खेलकुद कार्यक्रम जेष्ठ २५ गते दोस्रो अध्यक्ष कपको उद्घाटन गरि असार १ गते पुरस्कार बितरण गरि समापन हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दियो ।

खेलमा गाउँपालिकाका ७ वटै वडाले सहभागिता जनाउँने छन् भने खेल वडा भित्र रहेको बिभिन्न खेल मैदानमा गराईने भएको छ । फुटवलतर्फ विजेता टिमले नगद ८० हजार प्राप्त गर्नेछन् भने उप–विजेताले ५० हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन ।

यस्तै भलिवलतर्फ विजेताले ५१ हजार र उप–विजेताले ३१ हजार का साथ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । अन्य प्रतियोगिताको पुरस्कार राशी भने तोक्न बाँकी रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा १५ लाख खर्च हुने छ भने गाँउपालिकाले खेलकुदमा १५ लाख र अध्यक्ष कप अन्तर्गत थप ४ लाख बेजेट छुट्याइएको छ । पालिका भित्र रहेका ७ ओटै फुटवल टिमलाई कानेपोखरी ५ मा रहेको बी एण्ड बी कन्ट्रक्सनले जर्सी सहयोग गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...