बिर्तामोड गोल्डकपको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)

बिर्तामोड (खेलदैनिक) । रमपम प्रथम बिर्तामोड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । रममप रेड स्टार फुटबल क्लब, झापाको आयोजनामा यहि जेठ २१ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको छ ।

बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा बिराटनगर एफसी, मोरङ र जलथल एफसी, हल्दीबारी भिड्ने छन् ।

रमपम तयारी चाउचाउको मुख्य प्रायोजन र बिर्तामोड नगरालिकाको सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१११ रुपैया हात पार्नेछ भने उपविजेताले ७५,१११ रुपैया प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने जेठ २८ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...