दोस्रो नुवाकोट गोल्डकपको मिति सर्यो

काठमाडौं (खेलदैनिक) । दोस्रो नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको मिति सारिएको आयोजकले जनाएको छ । गोलनेपालका अनुसार यसअघि यहि जेठ २० गतेदेखि शुरु गर्ने भनिएको प्रतियोगिता अब दुई दिन पछि जेठ २२ गतेदेखि शुरु हुने भएको छ ।

प्रतियोगिताको खेल संयोजक समेत रहेका बुद्ध बहादुर प्रधानका अनुसार प्राविधिक कारणले गर्दा प्रतियोगिताकेो मिति सारिएको बताइएको छ । प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहनेछ । लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले पनि प्रतियोगितामा सहभागिता जनाउने बताईसकेको छ ।

बट्टार क्याम्पसको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...