
सुनसरी (खेलदैनिक) । शुक्रबारदेखि शुरु इनरुवा मेयर कप फुटबल प्रतियोगिता बेलुका कृत्रिम प्रकाशमा खेलाउँदै शुरु गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा वार्ड नम्बर १ ले वार्ड नम्बर ४ लाई ५–२ को फराकिलो अन्तरले हराउँदै बिजयी शुरुवात गर्यो ।
खेलको म्यान अफ द म्याच पुकार श्रेष्ठ घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी प्राप्त गरे । यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच मेयर राजन मेहताले गरेका थिए ।