बिजय युथलाई मकवानपुर फुटबल संघको आर्थिक सहयोग

हेटौडा (खेलदैनिक) । मकवानपुर जिल्ला फुटबल संघले हेटौँडाको विजय युथ क्लबलाई नगद ७५ हजार नगद सहयोगसहित शुक्रबार विदाई गरेको छ ।

अखिल नेपाल फुटबल संघद्वारा आयोजित शहिद स्मारक सी डिभिजन छनौट खेलको लागि मकवानपुर जिल्ला हेटौडाबाट विजय युथ क्लब सहभागि हुदैछ । सोहि अवसरमा विजय युथलाई संघले नगद सहित विदाई गरेको हो ।

कार्यक्रममा बोल्दै जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाले क्लबले मकवानपुरको इतिहाँस राख्नेमा आफु ढुक्क भएको बताए । सी डिभिजन छनौटको लागि क्लबले निकै मेहेनत गरेको आफुले थाहा पाएको भन्दै उनले उक्त मेहनत खेर जान नदिन समेत खेलाडीलाई आग्रह गरे ।

विदाई कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष सुदिप राजबाहकले विजय युथ क्लब सी डिभिजनको लागि छनौट भएर फर्किने र मकवानपुर जिल्लाको नाम उचाईमा पुराउने विश्वास व्यक्त गरे ।

विजय युथ क्लबले पहिलो खेल आईतवार १९ गते सुन्धारा एफसीसंग खेल्दै । विजय युथ क्लब आज त्यसका लागि काठमाण्डौ प्रस्थान गर्ने फुटबल संघका सदस्य विकेश लाल श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...