नेपाली राष्ट्रिय फुटबलरको दैनिक भत्ता पनि बृद्धि

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोली (पुरुष, महिला र उमेर समूह) का सदस्यहरुको दैनिक पारिश्रमिकमा पनि बृद्धि गरेको छ ।

एन्फाको शुक्रबार बसेको कार्यसमितिको बैठकले अब नेपाली फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दा दैनिक २५ डलर पारिश्रमिक पाउने छन् । यसअघि उनीहरुले दैनिक २० डलर पारिश्रमिक पाउने गर्थे ।

त्यस्तै राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरुमा सहभागिता जनाए वापत दैनिक ३५ अमेरिक डलर भत्ता पाउने एन्फाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...