ए डिभिजन लिग मंसिरमा, शिर्ष ६ टोलीले नेशनल लिग खेल्ने

(तस्विर : एन्फा)

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस बर्षको शहिद स्मारक ए डिभिजन लिग आउँदो मंसिर १२ गतेदेखि शुरु गर्ने भएको छ ।

शुत्रबार एन्फाको मुख्यालयमा बसेको कार्यसमितिको बैठकले ए डिभिजन लिगको आयोजना मितिबारे निर्णय गरेको हो । त्यस्तै गोलनेपालका अनुसार ए डिभिजन लिगका शिर्ष ६ टोलीले एन्फा प्रेसिडेन्ट कपका शिर्ष चार टोलीसँग मिलेर नेशनल लिग पनि खेल्नेछ ।

एन्फा मातहतमा रहेका जिल्ला फुटबल संघमा आयोजना हुने जिल्ला लिगबाट बिजेत ाबनेका टोलीहरुले एन्फा प्रेसिडेन्ट लिग खेल्नेछन् ।

स्मरणीय छ, यसपटक एन्फाले लिगमा घटुवा र बढुवा हुने बताईसकेको छ । गत बर्ष भएको लिगमा घटुवा र बढुवा थिए । त्यतिबेला मनाङ मस्र्याङ्दी क्लब लिग च्याम्पियन बनेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...