लिग च्याम्पियन मनाङले नुवाकोट गोल्डकप खेल्ने

काठमाडौं (खेलदैनिक) । नेपाल लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले दोस्रो नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

गोलनेपालको रिपोर्टअनुसार मनाङले नुवाकोट गोल्डकपमा आफ्नो सहभागिताबारे पुष्टी गरेको हो । यहि जेठ २० गतेदेखि बट्टार क्याम्पस मैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउने टोलीहरुको नामावली र खेलतालिका छिटै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

नुवाकोट जिल्ला फुटबल संघ र नुवाकोट जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...