जापान सरकारको सहयोगमा एन्फा कम्प्लेक्सको स्तरोन्नती

काठमाडौं (खेलदैनिक) । जापान सरकारको आर्थिक सहयोगमा एन्फा कम्प्लेक्समा निर्माण गरिएको सुविधा सम्पन्न सार्वजनिक शौचालय लगायत अन्य सुविधाहरु अखिल नेपाल फुटबल संघ (एन्फा) लाई हस्तान्तरण गरिएको छ ।

बिहीबार एन्फा कम्प्लेक्स परिसरमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि जापानी राजदुत मासामिची साइगोले सार्वजनिक शौचालय र अन्य स्तरोन्नती गरिएको पूर्वाधारहरु एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई हस्तान्तरण गरे ।

गोलनेपालका अनुसार जापान सरकारले एन्फा कम्प्लेक्समा सार्वजनिक शौचालय, ड्रेसिङ रुम, लकर रुम, टेक्निकल रुम, कार्यालय लगायत निर्माण र स्तरोन्नती गर्न ७१,५८१ अमेरिक डलर (करिब ८० लाख नेपाली रुपैया) आर्थिक सहयोग गरेको थियो ।

जापान सरकारको त्यो सहयोगले एन्फालाई आफ्नो सेवा विस्तार गर्न तथा नेपाली फुटबलको अभ्यास, प्रशिक्षण कार्यक्रममा विशेष सहयोग पुग्ने जापानी राजदुतावासले विश्वास व्यक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...