अन्ततः रोहितले मलेसिया विरुद्ध खेल्ने

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा मिडफिल्डर रोहित चन्दले मलेसिया विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएका छन् ।

हाल इण्डोनेसियन सुपर लिग च्याम्पियन पर्सिजा जकार्ताका लागि खेलिरहेका रोहित इण्डोनेसिया मै छन् । यसअघि नेपाल र मलेसियाबीचको खेल फिफाको क्यालेण्डरमा नपर्ने भन्दै जकार्ताले चन्दलाई रिलिज नगर्ने बताइएको थियो ।

यद्यपि गोलनेपालको रिपोर्टअनुसार रोहित १ जुनका लागि बालीबाट सिधै क्वालालम्पुरमा राष्ट्रिय टोलीमा सामेल हुनेछन् । इण्डोनेसियन लिगतर्फ रोहितको क्लब जकार्ताले मे ३१ तारीखका दिन बाली युनाइटेडसँग खेल्दैछ । सो खेल लगतै रोहित इण्डोनेसियाबाट मलेसियातर्फ प्रस्थान गर्नेछन् ।

नेपालले मलेसियासँग जुन २ तारीखका दिन बुकिट जलिल स्टेडियममा खेल्दैछ । गोलनेपालका अनुसार रोहित जुन ६ तारीखका दिन नेपालले चाइनिज ताइपेइ विरुद्ध खेल्दा पनि टोलीका लागि उपलब्ध हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...