राष्ट्रिय फुटबल टोलीको बिदाई

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाई गरेको छ ।

बिहीबार एक कार्यक्रमका बीच खेलकुद मन्त्रालयका सचिव, एन्फा अध्यक्ष लगायत अन्य पदाधिकारीहरुले राष्ट्रिय फुटबल टोलीको बिदाई गरे ।

नेपालले यहि आउँदो जुन २ तारीखका दिन क्वालालम्पुर स्थित बुकिट जलिल स्टेडियममा मलेसियासँग मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । त्यसलगतै नेपालले जुन ६ तारीखका दिन चाइनिज ताइपेइसँग अर्को अवे म्याच खेल्दैछ ।

सन् २०२२ को फिफा विश्वकप र एसियन कप छनौट खेल्ने तयारीमा समेत रहेको नेपालले ती दुई मैत्रीपूर्ण फुटबल म्याचलाई महत्वका साथ हेरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...