राष्ट्रिय फुटबल टोलीको बिदाई बिहीबार

काठमाडौं (खेलदैनिक) । दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको बिहीबार बिदाई गरिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमका बीच नेपाली टोलीको बिदाइृ गर्ने भएको हो । नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि क्वाललम्पुर प्रस्थान गर्दैछ ।

नेपालले त्यहाँ घरेलु टोली मलेसियासँग बुकिट जलिलमा जुन २ तारीखका दिन मैत्रीपूर्ण फुटबल म्याच खेल्नेछ । त्यसपछि नेपालले जुन ६ तारीखका दिन चाइनिज ताइपेइसँग उसकै घरेलु मैदानमा अर्को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम तयृ भईसकेको छ ।

यस्तो छ नेपाली टोली :

गोलकिपर्स : किरण चेम्जोङ, बिकेश कुथु, एलन न्यौपाने

डिफेन्डर्स : अनन्त तामाङ, अजित भण्डारी, सरोज दाहाल, बिराज महर्जन, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, रवि सिलवाल

मिडफिल्डर्स : सुजल श्रेष्ठ, रवि पासवान, सुनिल बल, बिशाल राई, रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ

फरवार्डस् : बिमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन बिष्ट


प्रतिक्रिया दिनुहोस

Loading...