जोरपाटीको जितमा सुशिलको दुई गोल

काठमाडौं (खेलदैनिक) । जारी शहिद स्मारक सी डिभिजन लिग छनौटतर्फ जोरपाटी एफसीले शानदार जित हात पारेको छ । मंगलबार भएको खेलमा जोरपाटीले डाइनामाइट एफसीमाथि ४–० को उत्कृष्ट जित निकालेको हो ।

जोरपाटीका लागि अमित कुँवरले १५औं मिनटमा गोल गर्दै खाता खोलेका थिए । त्यस्तै २१औं मिनटमा किरन लामाले त्यो अग्रता दोब्बर पारे । त्यस्तै खेलको ८२ र ८९औं मिनटमा सुशिल साहले गोल गर्दै जोरपाटीको उत्कृष्ट जित पक्का गरे ।

यद्यपि जितका बावजुद जोरपाटी सेमिफाइनलमा प्रवेश गर्न भने असफल भएको छ । बरु राम्रो गोल भिन्नताका आधारमा झापा एफसी सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरिरहेको लिगको छनौट प्रतियोगितामा विभिन्न जिल्लाका कुल ३८ क्लबहरुले सहभागिता जनाईरहेका छन् । छनौट प्रतियोगिताको शिर्ष तीन टोली सी डिभिजनमा उक्लिने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...