रोहितले मलेसिया विरुद्ध नखेल्ने

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा मिडफिल्डर रोहित चन्दले मलेसिया विरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच नखेल्ने भएका छन् । नेपालले यहि आउँदो जुन २ तारीखका दिन मलेसियासँग बुकिट जलिलमा खेल्दैछ ।

उता हाल इण्डोनेसियन च्याम्पियन पर्सिजा जकार्ताबाट व्यवसायीक फुटबल खेलिरहेका चन्दले क्लब ड्युटीका कारण राष्ट्रिय टोलीमा सहभागिता नजाउने भएका हुन् । गोलनेपालका अनुसार नेपाल र मलेसियाबीच हुने मैत्रीपूर्ण फुटबल म्याच फिफाको क्यालेण्डरमा पर्दैन ।

यद्यपि गोलनेपालको रिपोर्टअनुसार चन्दले दोस्रो मैत्रीपूर्ण फुटबल म्याचमा भने सहभागिता जनाउने भएका छन् । नेपालले जुन ६ तारीखका दिन चाइनिज ताइपेइसँग उसकै घरेलु मैदानमा खेल्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...