एन्फा एकेडेमी पून:निर्माणका लागि फिफाद्वारा १ लाख अमेरिकी डलर सहयोग

काठमाडौं (खेलदैनिक) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुटवल र धरानमा रहेका दुई एन्फा टेक्निकल सेन्टरको पूननिर्माणका लागि एक लाख अमेरिकी डलर (एक करोड रुपैया भन्दा बढी) रकम उपलब्ध गराएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार बर्षपछि बुटवल र धरानमा आवासीय सुविधासहितको एन्फा एकेडेमी सञ्चालन गर्दैछ । एन्फाको युथ फुटबल एकेडेमी संयोजक किशोर झापालीले प्राप्त रकमलाई एकेडेमीको पूननिर्माणमा सही ढंगले सदुपयोग गर्ने बताए ।

साथै झापालीले बुटवल र धरानमा गरी २३–२३ जना यु–१३ खेलाडीहरुलाई निःशुल्क आवासिय सुविधासहितको फुटबल प्रशिक्षण दिई कुशल फुटबल खेलाडी बनाउने समेत बताए । स्मरणीय छ, एन्फाले एकेडेमी सञ्चालनका लागि हालै नेपालभरिबाट कुल ५३ यु–१३ खेलाडीहरुलाई छनौट गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...