तिलोत्तमा गोल्डकपः युनाईटेड सिक्किमको पोष्टमा आर्मीको एकतर्फी आठ गोल

फागुन १३ / बुटवलमा बिहीबार देखि जारी  १९ औं तिलोत्तमा गोल्डकपको दोस्रो दिनको खेलमा नेपाल आर्मी क्लबले भारी गोल अन्तरले जित हासिल गरेको छ । शुक्रबार युनाईटेड सिक्किम एफसीलाई ८–० गोल अन्तरले पराजित गरेको हो । आर्मीको जितमा अमृत बस्नेतले ह्याट्रिक पुरा गरे ।

खेलको ११ औं मिनेटदेखि गोल गर्न सुरु गरेको आर्मीले अन्तिम समयमसम्म गोल गरिरह्यो । खेलको ११ औं मिनेटमा विवेक बस्नेतले सुरुवाती अग्रता दिलाए । २२ औं मिनेटमा टंक बस्नतेले गोल थपे । ५३ मिनेटमा सन्तोष तामाङ, ६३ मिनेटमा अमृत बस्नेत, ६९ औं मिनेटमा दीप लामा, ८१ औं मिनेटमा अमृत बस्नेत, ९० मिनेटमा अमृत बस्नेत र ईन्जुरी अन्तिम समयमा दिप लामाले गोल गरेका हुन् । यसअघि, उद्घाटन खेलमा सशस्त्र प्रहरी क्लब एपिएफ काठमाडौंले विजयी सुरुवात गरिसकेको छ ।

प्रतियोगिता फागुन २१ गतेसम्म चल्ने छ। विभागीय टिमसहित १० टिम सहभागि प्रतियोगितामा विजेताले ५ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट ५ विधाबाट ५ जनालाई नगद १५/१५ हजार तथा उत्कृष्ट कोचलाई नगद २० हजार रुपैयाँबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा अग्नी रुपन्देही ११, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल आर्मी, सिएमजी संकटा क्लव, धरान फुटवल क्लव, एचएम हिमालयन शेर्ष क्लव, रमपम झापा ११, दिल्ली युनाईटेड एफसि र शेरे एफ सि क्यालिङगपोङको सहभागिता छ।

करिव ७५ लाख रुपैयाँको खर्च अनुमान गरिएको प्रतियोगितामा अग्नी सिमेन्टले प्रयोजकको रुपमा १५ लाख रुपैयाँ प्रदान गरेको छ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस

Loading...