सुनसरीमा सातौं भलुवा गोल्डकप हुँदै, विजेतालाई ३ लाख (खेलतालिकासहित)

सुनसरी (खेलदैनिक) । गोल्डेन स्टार युथ क्लब, दुहबी–७, भलुवा सुनसरीको आयोजनामा सातौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

सुनसरी जिल्ला फुटबल संघको प्राविधिक सहयोग र दुहबी नगरपालिकाको संयोजनमा हुन गईरहेको प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका छन् । सहभागी टोलीहरुलाई ए र बी गरी दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा जेठ १६ गतेका दिन बिर्तामोड युनाइटेड, झापा र उदयपुर–११ भिड्ने छन् । यहि जेठ २५ गते शनिबार फाइनल हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...