तिलोत्तमा गोल्डकपमा आज आर्मी र युनाईटेड सिक्किम् भिड्दै छन् ।
खेल एन्फा सेन्टरमा ३ बजे बाट सुरु हुनेछ ।
प्रतियोगिता फागुन २१ गतेसम्म चल्ने छ।
विभागीय टिमसहित १० टिमको सहभागिता हुने प्रतियोगितामा विजेताले ५ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगितामा उत्कृष्ट ५ विधाबाट ५ जनालाई नगद १५/१५ हजार तथा उत्कृष्ट कोचलाई नगद २० हजार रुपैयाँबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा अग्नी रुपन्देही ११, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल आर्मी, सिएमजी संकटा क्लव, धरान फुटवल क्लव, एचएम हिमालयन शेर्पा क्लव, रमपम झापा ११, दिल्ली युनाईटेड एफसि र शेरे एफ सि क्यालिङगपोङको सहभागिता छ।
करिव ७५ लाख रुपैयाँको खर्च अनुमान गरिएको प्रतियोगितामा अग्नी सिमेन्टले प्रयोजकको रुपमा १५ लाख रुपैयाँ प्रदान गरेको छ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन्।