सी डिभिजन लिग छनौट : झापाको उत्कृष्ट जित

काठमाडौं (खेलदैनिक) । जारी शहिद स्मारक सी डिभिजन लिग छनौटमा झापा फुटबल क्लबले उत्कृष्ट जित हात पारेको छ । शुक्रबार शुक्रबार बुद्धि विकास खेल मण्डलमा भएको खेलमा झापाले डाइनामाईट एफसीलाई ४–० ले हरायो ।

झापाका लागि खेलको दोस्रो मिनटमै सौरव लिम्बुले पहिलो गोल गरे । त्यस्तेै ४९औं मिनटमा सौरवले नै झापाको अग्रता दोब्बर पारे । खेलमा एकपक्षीय जित हात पारेको झापाका लागि ७४औं मिनटमा अंगुर कुमार खड्कीले तेस्रो गोल गरे भने लगतै ७५औं मिनटमा कमिन लक्समले चौथो गोल गर्दै झापाली टोलीको उत्कृष्ट जित सुनिश्चित गरे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा विभिन्न जिल्लाका कुल ३८ टोलीहरुले सहभागिता जनाईरहेका छन् । छनौट प्रतियोगिताको शिर्ष तीन टोलीले सी डिभिजनको मान्यता पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...