कौस्तुभ कप : श्रमशीलको जित

काठमाडौं (खेलदैनिक) । श्रमशीलले दोश्रो कौस्तुभ कप नकआउट फुटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ । श्रमशीलले सिद्धार्थ बनस्थलीलाई २–० गोलले पराजित गर्यो । दुवै गोल ‘म्यान अफ द म्याच’ नवीन ढकालले गोल गरे ।

कौस्तुभ एकेडेमीद्वारा आयोजित प्रतियोगितामा नेक्सस र नेपाल ताराले सफलता पाए । नेक्ससले डेन्सलाई ९–० गोलले हरायो । नेक्ससका दिप्लव राई ‘म्यान अफ द म्याच’ बने । नेपाल ताराले एकलब्यलाई २–० गोलले पाखा लगायो । नेपाल ताराका सुमित गोन्डोल ‘म्यान अफ द म्याच’ भए ।


प्रतिक्रिया दिनुहोस

Loading...