साबित्रा र अनिता शनिबार स्वेदश फर्कदै

काठमाडौं (खेलदैनिक) । सेथु एफसीलाई भारतीय महिला लिगको उपाधि जिताएका नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्यद्वय साबित्रा भण्डारी र अनिता बस्नेत शनिबार स्वदेश फर्किदै छन् ।

स्मरणीय छ, बुधबार भएको फाइनल खेलमा सेथुले मणिपुर पुलिस एफसीलाई ३–१ ले हराउँदै उपाधि जितेको थियो । त्यो खेलमा शुरुवाती एक गोलले पछि परेको स्थिति उल्टाउँदै सेथुले नतिजा आफ्ना पक्षमा पारेको थियो ।

फाइनल खेलमा सेथुका लागि साबित्राले दुई गोल गर्दै टोलीलाई उपाधि जिताउन अहम भूमिका खेलेकी थिईन् । साबित्राले प्रतियोगिताभरि कुल १५ गोल गरीन् । यद्यपि प्रतियोगिताभरि २५ गोल गरेकी बाला देवीले सर्वाधिक गोलकर्ताको पुरस्कार जितेकी थिईन् ।


प्रतिक्रिया दिनुहोस

Loading...