साबित्रा निर्णायक बन्दा सेथुलाई उपाधि

(तस्विर : अल इण्डिया फुटबल फेडरेशन)

काठमाडौं (खेलदैनिक) । साबित्रा भण्डारीले निर्णायक भूमिका खेलेपछि सेथु एफसीले यस सिजनको हिरो भारतीय महिला लिगको उपाधि जितेको छ । बुधबार भएको फाइनल भिडन्तमा सेथुले मणिपुर पुलिस एफसीलाई ३–१ ले हराउँदै उपाधिमाथि कब्जा जमायो ।

यद्यपि खेलमा शुरुवाती अग्रता भने मणिपुरले लिएको थियो । खेलको ४३औं मिनटमा राधारानी देवीले मणिपुरका लागि गोलको खाता खोलेकी थिईन् । पहिलो हाफसम्म एक गोलले पछि परेको सेथुले दोस्रो हाफमा उत्कृष्ट पूनरागमन गर्यो ।

खेलको ५६औं मिनटमा इन्दुमतीले सेथुका लागि बराबरी गोल फर्काईन् । त्यस्तै ६० र ७०औं मिनटमा साबित्राले लगातार दुई गोल गर्दै सेथुको उत्कृष्ट जित पक्का गरीन् । साबित्रा फाइनल खेलको प्लेयर अफ द म्याच समेत घोषित भए ।


प्रतिक्रिया दिनुहोस

Loading...