नेपाली फुटबलमा देखिने छैन अब दाफिन्सको दबदबा

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलमा यस सिजन अधिकांश मुख्य घरेलु उपाधि जितेर विवादास्पद रुपमा भए पनि सनसनी मच्याएको अफ्रिकी टोली दाफिन्स एफसी, क्यामरुन स्वदेश फर्किने भएको छ । क्लबका नेपाली एजेन्ट सुगन तण्डुकारले दाफिन्स क्यामरुन फर्किन लागेको पुष्टी गरे ।

नेपालको घरेलु फुटबलमा विवादास्पद रुपमा सहभागिता जनाए तापनि दाफिन्सले यस सिजन नेपालको मुख्य ६ उपाधि जितेको थियो । मंगलबार रारा गोल्डकपको सेमिफाइनलमा चर्च ब्वाईज युनाइटेडसँग हारेको दाफिन्सका लागि त्यो खेल अन्तिम बन्यो ।

यद्यपि दाफिन्सका केही खेलाडीहरु नेपालकै अन्य क्लबमा आवद्ध भएर खेल्ने सम्भावना छ । केही साता अघि मात्र न्युरोड टिम (एनआरटी) ले दाफिन्सका फरवार्ड यानिक र जुनियरलाई आगामी सिजनका लागि क्लबमा अनुबन्ध गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...