
मोरङ (खेलदैनिक) । पूर्वाञ्चल स्तरीय तेस्रो अमरदह ढल्के जोवन गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि इटहरी भेट्रानले जितेको छ । मोरङको सुनबर्सीमा मंगलबार सम्पन्न फाइनल खेलमा इटहरीले इष्टर्न भेट्रानलाई १–० को साँघुरो अन्तरले हराउँदै उपाधि जितेको हो ।
इटहरीको जितमा तिर्थ बस्नेतले एक मात्र निर्णायक गोल गरे । बिजेता बनेको इटहरीले उपाधिसहित नगद २ लाख ११ हजार हात पारेको छ भने उपविजेता इष्टर्नले १ लाख ५१ हजारमा चित्त बुझाएको छ ।
अमरदह ढल्के जोवन युवा क्लब, मोरङको आयोजनामा भएको प्रतियोगितामा प्रदेश १ का कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।