रारा गोल्डकप : फाइनल पुग्न सगरमाथालाई सडन डेथको सहारा

राजारानी (खेलदैनिक) । सगरमाथा युथ क्लब, मोरङ जारी अग्नि–बसुन्धरा स्मृति टुबोर्ग नवौं रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको पहिलो सेमिफाइनलमा सगरमाथाले आयोजक रारा फुटबल क्लबलाई सडन डेथमा ६–५ ले हराउँदै उपाधि नजिक पुगेको हो । यसअघि धनकुटा स्थित राजारानी खेलमैदानमा भएको नियमित समयतर्फको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा सगरमाथाका गोलरक्षक पुर्ण चेम्जोङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत मंगलबारको दोस्रो सेमिफाइनल खेल दाफिन्स एफसी, क्यामरुन र चर्च ब्वाईज युनाइटेड, काठमाडौंबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...