साबित्राको चार गोलसँगै सेथु फाइनलमा

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड साबित्रा भण्डारीले चार गोल गरेपछि भारतीय महिला लिगमा उनको टोली सेथु एफसी फाइनलमा प्रवेश गरेको छ ।

सोमबार गुरु नानक स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा सेथुले एसएसबी सेन्ट्रललाई ८–१ को भारी अन्तरले हराउँदै फाइनल स्थान सुरक्षित गर्यो । सेथुको जितमा साबित्राको चार गोल बाहेक दांगमी ग्रेसले ह्याट्रिक गरीन् भने रतनबाला देवीले थप एक गोल गरीन् ।

फाइनलमा सेथुले अब मणिपुर पुलिस टिमसँग खेल्नेछ । मणिपुरले पहिलो सेमिफाइनलमा गोकुलम केरला एफसीलाई हराउँदै यसअघि नै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...