राष्ट्रिय फुटबल टोलीको घोषणा, बिमल, हेमन्त, भरत आउट

काठमाडौ. (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालिनले आगामी दुई मैत्रीपूर्ण फुटबल म्याचका लागि नेपाली टोलीको घोषणा गरेका छन् । घोषित टोलीमा यसपटब बिमल घर्ती मगर, हेमन्त थापा मगर, हेमन गुरुङ, भरत खवास जस्ता चर्चित अनुहार टोलीबाट बाहिरिएका छन् ।

भरत भने चोटका कारण मैदान बाहिर छन् । त्यस्तै राष्ट्रिय टोलीका अष्ट्रेलियाबाट स्वदेश फर्किएका मिडफिल्डर जगजित श्रेष्ठले फेरि पनि राष्ट्रिय टोलीमा स्थान बनाउन असफल भएका छन् । नेपालले यहि आउँदो जुन २ तारीखका दिन मलेसियासँग र ६ तारीखका दिन चाइनिज ताइपेईसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण अवे म्याच खेल्दैछ ।

यस्तो छ नेपाली टोली:

गोलकिपर्स : किरण चेम्जोङ, एलन न्यौपाने, बिकेश कुथु

डिफेन्डर्स : बिराज महर्जन, सरोज दहाल, रजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ्, रवि सिलवाल

मिडफिल्डर्स : सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ

फरवार्डस् : बिमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन बिष्ट


प्रतिक्रिया दिनुहोस

Loading...